काठमाडौं । आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिइएको छ । अर्याल अन्तशुल्क तथा अनुसन्धान महाशाखामा कार्यरत छन् ।

अर्थमन्त्रालयले विभागका उपमहानिर्देशकको रुपमा रहेका अर्याललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

ad

यसअघिका महानिर्देशक मदन दाहाल सरुवा भएसँगै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी अर्याललाई दिइएको हो ।