
काठमाडौं । नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसकेको र अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएको भन्दै नेपाल तरूण दल, नेविसंघलगायत भ्रातृ संस्थाहरू विघटन गरेको छ।
कांग्रेसले तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नैपर्ने समय दिएको थियो। सहजीकरण गर्न पार्टीले निश्चित कार्यादेशसहित निर्देशक समिति बनाएकोमा नेपाल तरूण दल, नेविसंघ, नेपाल महिला संघ, नेपाल दलित संघ, खेलकुद संघलगायत भ्रातृ संघले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेपछि अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएकोले म्याद थपिरहनु आवश्यक नरहेको सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय हो ।
कांग्रेसका अनुसार ‘नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ र नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा समेत दिइसकेको हुँदा तत् तत् भ्रातृ संघका केन्द्रीय समितिहरू स्वतः विघटन भएका छन् । ‘म्याद सकिएका समितिले त्यस अवधिमा गरेका निर्णय र मनोनयनहरू पनि स्वतस् अबैद्य भएका छन्। अत: नेपाली कांग्रेसको विधानको धारा ४२९१० बमोजिम अधिवेशन नभएका सबै भ्रातृ संघहरूको महाधिवेशन गर्न आवश्यक व्यवस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको कांग्रेसले भनेको छ ।










Facebook Comments