काठमाडौंस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आइतबार सञ्चारकर्मीहरूलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको प्रत्यक्ष निर्देशनपछि सुरक्षाकर्मीहरूले यस्तो कदम चालेका हुन्।

मन्त्रिपरिषद् बैठक सुरू हुनुअघि कार्यालय बाहिरबाट दृश्य कैद गरिरहेका पत्रकारहरूलाई अचानक रोक लगाइएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार बैठकमा सहभागी हुन बालुवाटारबाट पुगेका प्रधानमन्त्री शाहले आफूलाई भिडियो खिचिँदै गरेको देखेपछि असन्तुष्टि जनाएका थिए।

ad

प्रधानमन्त्रीको संकेतलगत्तै सुरक्षाकर्मीहरू सक्रिय हुँदै कार्यालय परिसरमा रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हट्न र भिडियो खिच्न नदिन निर्देशन दिएका थिए। त्यसपछि पत्रकारहरूले क्यामेरा बन्द गर्न बाध्य भएको जनाइएको छ।

यस घटनाले सञ्चारकर्मीहरूको काममा अवरोध भएको भन्दै पत्रकार वृत्तमा चासो व्यक्त गरिएको छ। यद्यपि यस विषयमा प्रधानमन्त्रीको कार्यालयबाट औपचारिक प्रतिक्रिया आएको छैन।