
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सुकुम्बासी व्यवस्थापनदेखि महाधिवेशन तयारीसम्मका विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार देशभर फैलिएको अव्यवस्थित बसोबास समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारलाई अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिने निर्णय गरिएको छ।
बैठकले वास्तविक भूमिहीन सुकुम्बासीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै प्राधिकरणको प्रतिवेदन नआउँदासम्म अन्य व्यक्तिमाथि कुनै पनि कारबाही अघि नबढाउन सरकारसँग आग्रह गरेको छ। साथै, स्थानीय तहहरूले बस्ती हटाउने क्रममा संवेदनशील र मानवीय दृष्टिकोण अपनाउनुपर्ने पनि उल्लेख गरिएको छ।
रास्वपाले असुरक्षित रूपमा बसोबास गर्न बाध्य नागरिकहरूको संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएको छ। पार्टीको घोषणापत्रमै यस विषयलाई समेटिएको उल्लेख गर्दै वास्तविक सुकुम्बासीबाहेक अन्य मामिलामा हतारमा कारबाही नगर्न सरकारलाई सुझाव दिइएको छ।










Facebook Comments