काठमाडौँ । राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश पनुर्विचार गर्नुपर्ने देखिएकाले फिर्ता पठाएको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ad

यसअघि, उनले दुई पटक उक्त अध्यादेश फिर्ता पठाइसकेका थिए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउने राष्ट्रपतिको निर्णय यो तेस्रो हो । 

तत्कालीन मन्त्रिपरिषद्‌को २०८२ मंसिर २ गतेको निर्णय बमोजिम प्राप्त भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८२ समेत जारी नभएको राष्ट्रपतिले स्मरण गराएको छ ।

त्यसअघि, २०८२ असार २५ गतेको मन्त्रिपरिषद्ले समेत पठाएको सोही विधेयक पेश हुँदा राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पटक यस अघि नै सोही विधेयक र अध्यादेश सन्देशसहित फिर्ता पठाइएकाले बालेन्द्र शाह नेतृत्वको सरकारले २०८३ वैशाख १४ गते पठाएको उक्त अध्यादेशको विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाइएको विज्ञप्तिमा उल्लेख छ ।