
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने नयाँ अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १४४ (१) अनुसार उक्त अध्यादेश जारी गरिएको हो।
यसअघि पनि राष्ट्रपति पौडेलले लगातार विभिन्न अध्यादेशहरू जारी गर्दै आएका छन्। शनिबार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था तथा विश्वविद्यालयसम्बन्धी ऐनहरू संशोधन गर्ने अध्यादेश जारी गरेका थिए।
त्यसैगरी, शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी गरिएको थियो। बिहीबार सहकारी ऐन (पहिलो संशोधन) र सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन) सम्बन्धी अध्यादेशहरू जारी गरिएका थिए।
सरकारले विभिन्न कानुनी प्रावधानहरू परिमार्जन गर्न अध्यादेशमार्फत तीव्र गतिमा काम अघि बढाइरहेको देखिन्छ।










Facebook Comments