काठमाडौँ । पित्तथैली र हर्नियाको शल्यक्रियापछि निवासमै आराम गरिरहेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि राजनीतिक भेटघाट नगर्ने भएका छन्। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको जानकारी सचिवालयले दिएको छ।

सचिवालय स्रोतका अनुसार संक्रमणको जोखिम कम गर्न केही दिनदेखि भेटघाट स्थगित गरिएको हो। “अहिले अत्यावश्यक भेटबाहेक अन्य सबै कार्यक्रम रोकिएका छन्, केही दिनपछि स्वास्थ्य अवस्था अझ सुधारिएसँगै भेटघाट खुला गरिनेछ,” स्रोतले जनाएको छ।

ad

शल्यक्रियापछि घाउमा संक्रमण देखिएपछि चिकित्सकहरूले उनलाई हिँडडुल र भेटघाट कम गर्न सुझाव दिएका थिए। सोही सल्लाहअनुसार हाल भेटघाट सीमित गरिएको हो।

गत चैत ३० गते काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया गरिएको थियो। त्यसअघि उनलाई चैत १३ गते प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमै राखेको थियो।