
काठमाडाैं । रुपन्देहीको बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकारको नीतिविरुद्ध आइतबार दिउँसो प्रदर्शन गरेका छन्। उनीहरूले विभिन्न नारासहित सडकमा उत्रिँदै सरकारप्रति असन्तुष्टि जनाएका हुन्।
प्रदर्शनकारीहरूले जबरजस्ती हटाउने अभियान तुरुन्त रोक्नुपर्ने माग गरेका छन्। “सुकुम्बासी हुनु रहर होइन, बाध्यता हो”, “गरिबलाई बाँच्न दे”, “डोजर होइन, समाधान दे”, “गाँस–बास–कपास सुनिश्चित गर” जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेर उनीहरूले आवाज उठाएका थिए। साथै, डोजर प्रयोग गरेर बस्ती हटाउने कार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई ‘आतंक’को संज्ञा दिएका छन्।
उनीहरूले अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनपछि पत्रकार सम्मेलनसमेत आयोजना गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भूमि समस्या समाधान आयोग रुपन्देहीका अनुसार जिल्लामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब ८० हजार परिवार रहेका छन्।










Facebook Comments