
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बालेनले जित्दा रामराज्य बन्छ भन्नेहरू नै अहिले एक महिनामै शासन देखेर ‘राम राम’ भन्ने अवस्थामा पुगेको दावी गरेका छन् ।
सिराहाको गोलबजारमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले जताततै हात हालेर असफलताको मार्गमा हिँडेको समेत बताए । उनले प्रधानमन्त्री बालेनसँग धैर्यता नदेखिएको समेत बताए । उनले वर्तमान सरकारले संविधान छलेर सेनाको बलमा शासन गर्न खोजेको आरोप पनि लगाएका छन्।
उनले विगतमा केपी ओलीले अध्यादेशबाट शासन गर्न खोज्दा र संसद्को अपमान गर्दा बेहोरेको घटना स्मरण गर्न वर्तमान सरकार र सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएका छन्।
देशैभरिका सुकुमवासीहरूलाई उचित विकल्प नदिईकन फिल्मी शैलीमा बुलडोजर आतंक सिर्जना गरिनु मानवअधिकारको गम्भीर उल्लंघन भएको टिप्पणी पनि पनि साहको थियो ।










Facebook Comments