काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेकाे छ । कांग्रेसले २१ वैशाख सोमबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेकाे हाे ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने जानकारी दिए । 

ad

बैठकमा सहभागी हुन् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।