
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा एकैदिन तीन महत्वपूर्ण अध्यादेश जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ अनुसार जारी गरिएका यी अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुन संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था, तथा विश्वविद्यालयसम्बन्धी ऐन संशोधन समावेश छन् ।
राष्ट्रपति कार्यालयका अनुसार २०८३ वैशाख १९ गते जारी गरिएका यी अध्यादेशहरूले विभिन्न क्षेत्रमा नीतिगत तथा संरचनात्मक सुधारको मार्ग खोल्ने अपेक्षा गरिएको छ ।
प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा सबै अध्यादेशहरू संवैधानिक प्रावधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको स्पष्ट पारिएको छ ।
सरकारले अध्यादेशमार्फत आवश्यक कानुनी संशोधनलाई तीव्रता दिन खोजेको संकेतका रूपमा यसलाई हेरिएको छ ।










Facebook Comments