
काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे निर्णय लिन राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्शका लागि ८ वरिष्ठ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्वमहान्यायाधीवक्ता महादेव यादव, शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेतले राष्ट्रपति पौडेललाई कानुनी परामर्श दिएका छन्।
स्रोतका अनुसार, राष्ट्रपति पौडेलले संविधान र कानुनको दायराभित्र अध्यादेश जारी गर्ने प्रक्रियामा यस्ता परामर्शलाई महत्वपूर्ण ठान्दै आएका छन्।










Facebook Comments