
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारले सिफारिस गरेको आधारमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको हो।
संविधानको धारा ११४ को उपधारा १ अनुसार जारी भएको यस अध्यादेशले सहकारी क्षेत्रमा आवश्यक सुधार र व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्य राखेको बताइएको छ।
यसैबीच, संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेशहरू पनि राष्ट्रपतिलाई सिफारिस गरिएको छ। राष्ट्रपति पौडेलले यी अन्य अध्यादेशहरूमा निर्णय गर्नु अघि संविधानविद्हरूसँग परामर्श गरिरहेका छन्।











Facebook Comments