काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले आज सामूहिक राजीनामा दिएका छन्। 

त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्। 

ad


नयाँ सरकारलाई काम गर्न सजिलो होस भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ। सरकारले यसअघि भएका राजीतिक नियुक्ति हटाउने तयारी गरेको छ। 

अर्याल २०८२ असार २५ मा उपकुलपति नियुक्त भएका थिए। उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेका थिए। तत्कालीन कुलपति प्रा.डा केशरजंग बरालले राजीनामा दिएपछि ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका थिए। तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री  प्रचण्डले नियुक्त गरेका थिए ।