काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेशबारे सुझाव माग्न आज कानुनविद्हरुसँग छलफल गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालयले कानुनविदहरुलाई बिहीबार ४ बजे उपस्थित हुने गरी बोलाएको हो । सरकारले ६ वटा अध्यादेश सिफारिस गरेपछि के गर्ने भन्नेबारे कानुनी परामर्शका लागि राष्ट्रपति पौडेलले कानुनविद्हरुसँग छलफल गर्न लागेका हुन् । 

ad

झण्डै दुई–तिहाइ बहुमतको सरकारले संसदीय प्रक्रिया छलेर अध्यादेशबाट देश चलाउनु संसदमाथि कार्यपालिकाको ठाडो अतिक्रमण भन्दै चौतर्फी विरोध भईरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले अध्यादेश जारी नगर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेका छन् । बुधबार बसेको विपक्षी दलहरुको बैठकले अध्यादेश जारी नगर्न राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको हो ।