
काठमाडौं । आफूमाथि यौनशोषण जबरजस्ती करणीको दाबीसहित रश्मिला धामीले एमाले नेता ऐन महरविरुद्ध दायर गरेको रिट खारेज भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले रश्मिलाको रिट खारेज गरेको हो ।
रश्मिलाले महरविरुद्ध सुरूमा दिएको उजुरीउपर मुद्दा नचलाउने सरकारी वकीलको कार्यालयले निर्णय गरेको थियो । वकील कार्यालयको निर्णयविरुद्ध रश्मिलाले उच्च अदालत पाटनलाई गुहारेकी थिइन् ।
एमाले प्रमुख सचेतक समेत रहेका महरका कानुन व्यवसायी राजाराम घिमिरेले रश्मिलाको दाबीको प्रमाण नपुग्ने भन्दै उच्चले रिट खारेज गरेको बताए ।










Facebook Comments