
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारमा भयाे । बैठकमा प्रधानमन्त्री तथा रास्वपा संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह भने उपस्थित भएनन् ।
अनौपचारिक भनिएको उक्त बैठकमा पार्टीका शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
बैठकमा पार्टी सभापति रवि लामिछाने सहभागी भएका छन् शाह भने यसअघि बसेको दलको बैठकमा पनि अनुपस्थित थिए ।
पार्टी स्रोतका अनुसार आजको बैठकमा काठमाडौं उपत्यकाभित्र रहेका सांसदहरूलाई उपस्थित हुन आग्रह गरिएको थियो।
रास्वपाले बैठकलाई औपचारिक निर्णयभन्दा बढी विचार आदान–प्रदान केन्द्रित बनाएको जनाएको छ। समसामयिक राजनीतिक परिस्थितिका साथै आगामी रणनीतिबारे समेत छलफल भएको बुझिएको छ।










Facebook Comments