
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरुलाई कुनै पनि कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन दिएको छ।
आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न आग्रह गरिएको छ। धेरै कुराहरू सिक्न बाँकी छ, सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ, प्रवक्ता झाले भने ।
आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० गतेदेखि उम्मेदवार क्लबको अभ्यास गर्ने तयारी पनि रास्वपाले गरेको छ ।










Facebook Comments