
काठमाडौं । सरकारले संसद्को अधिवेशन स्थगन गरेर २ वटा अध्यादेश ल्याएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेको समाचारस्रोतले जनाएको छ । संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषदले पूर्णता पाएकै दिनमा सरकारले अध्यादेश ल्याएको हो । त्यसैगरी सहकारी समस्या समाधानका लागि पनि अध्यादेश ल्याएको स्रोतले जानकारी दिएको छ ।
संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायधीश, विपक्षी दलका नेता रहन्छन् । विपक्षी दलका नेता सोमबार चयन भएका थिए ।










Facebook Comments