काठमाडौं । सरकारले विभिन्न विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तयारी गरेकोमा संयुक्त विद्यार्थी संगठनले आज त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ।

विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान, लोकतान्त्रिक मूल्य–मान्यता विपरीत तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।

ad

प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न पनि माग गरेका छन्। विद्यार्थीहरुलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट कायम राख्न पनि उनीहरूले माग गरेका छन्।