काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज धुम्बाराहीस्थित स्मार्ट होटलमा बोलाएको आफ्ना पक्षका नेता तथा जिल्ला सभापतिहरुको भेला जारी छ ।

भेलामा कांग्रेस नेता डा. शेखर कोइरालालाई डाकिएको भए पनि उनी भेलामा सहभागी छैनन् । भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित देउवा पक्षका केही पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूको सहभागी छन् ।

ad

खड्काको संयोजनमा भएको भेलामा पूर्व उपसभापतिहरू विजयकुमार गच्छदार र विमलचन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् भने पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला पनि भेलामा सहभागी छन् ।