
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई शुभकामना दिएका छन् ।
सोमबार सर्वसम्मत दलको नेता भएका आङ्देम्बे आज मंगलबार बिहान खड्कालाई भेट्न खड्का निवास गोल्फुटार गएका थिए । भेटघाटमा खड्काले प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी ऐतिहासिक र महत्त्वपूर्ण बनाउन शुभकामना दिएका थिए ।
खड्काले संसद्को समग्र प्रक्रियामा सशक्त भूमिका खेल्न पनि शुभकामना दिए । उनले आङ्देम्बेलाई संवैधानिक परिषद् सदस्यको भूमिका पनि प्रभावकारी बनाउन पनि सुझाव दिएका छन्










Facebook Comments