काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सरकारलाई बोलाएको छ। सर्वोच्चका न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सरकारलाई बोलाएको हो।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले विपक्षीलाई वैशाख २२ गते छलफलका लागि बोलाइएको बताए। 'अन्तरिम आदेशमा छलफलका लागि यही २२ गते विपक्षीलाई बोलाउने आदेश भएको छ,' उनले भने।

ad

सरकारले सुकुम्बासी बस्ती हटाउने निर्णय गरेपछि गोपाल रन पहेलीलगायतले रिट दायर गरेका थिए।