काठमाडौँ ।गगन थापाले नेपाली कांग्रेसको संसदीय दलको नेता चयनमा भएको ढिलाइलाई लिएर उठेका प्रश्नहरूमा स्पष्टिकरण दिएका छन्। उनले नेता चयनमा ढिलाइ हुनुको कारण आलस्य वा बाध्यता नभई सर्वसम्मत निर्णयमा पुग्ने प्रयास भएको बताएका हुन्।

सोमबारभीष्मराज आङदेम्बेलाई संसदीय दलको नेतामा चयन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले ढिलो भए पनि सहमतिमूलक निर्णय गर्नु प्राथमिकता रहेको उल्लेख गरे। “यो ढिलाइ अल्छीपन वा लाचारताका कारण होइन, सबैलाई समेट्ने सहमतिमा पुग्न समय लागेको हो,” उनले भने।

ad

उनका अनुसार पार्टीभित्रका नेता तथा सांसदहरूको भावना समेटेर सर्वसम्मत नेतृत्व चयन गर्न खोजिएको थियो।अर्जुननरसिंह केसीसहित अन्य आकांक्षी नेताहरूको सहकार्यले सहमतिको वातावरण बनेको उनले बताए।

थापाले नयाँ संसदीय दलका नेता आङदेम्बेले पार्टीको सिद्धान्त र राष्ट्रिय आवश्यकताअनुसार संसदमा कांग्रेसलाई एकताबद्ध ढंगले अघि बढाउने विश्वास व्यक्त गरे।