काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित भएका छन् । आज बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै बैठकले वासना थापालाई प्रमुख सचेतक र  निश्कल राईलाई सचेतक चयन गरेको छ । बासना दैलेख क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् भने निश्कल इलाम–१ बाट निर्वाचित सांसद हुन्। 

ad