काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले वास्तविक सुकुमवासीको पहिचान नगरी हतारमा सुकुम्बासीलाई दुःख दिएर जे गरे पनि हुन्छ भन्ने  दम्भ देखाएको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले वास्तविक सुकुम्बासीलाई दुःख दिएकोमा पीडाबोध भएको पनि बताए । कुनै अध्ययन नगरी, जाँचबुझ नगरी म राज्य हुँ, मैले जे गरे पनि हुन्छ भनेजस्तो गरी हतारमा राज्यको सम्पूर्ण बल प्रयोग गरी त्यसो गरिनुहुँदैन्थ्यो, महामन्त्री पौडेलले भने ।

ad

सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्, उनले भने । 

ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने उनको कामना समेत थियो ।