
काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दल नेता बनाउने भएको छ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले संसदीय दल नेता आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध रूपमा गरेको छलफलपछि आङ्दम्बेलाई संसदीय दल नेताका रूपमा प्रस्ताव गर्न सभापति गगन थापालाई नाम दिएको एक पदाधिकारीले जानकारी दिए ।
सभापति थापाले आज दिउँसो १ बजेपछि पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आङ्दम्बेको नाम प्रस्ताव गर्ने ती पदाधिकारीले बताए ।
संसदीय दल नेता भने सांसदहरूले नै चयन गर्नुपर्छ। आजै दिउँसो २ बजेपछि सांसदहरूको बैठकमा छलफल भई आङ्देम्बेको नाम अनुमोदन हुने छ । कांग्रेसका प्रतिनिधिसभामा ३८ जना सांसद छन्।









Facebook Comments