
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि भोलि पार्टीको कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक भोलि सोमबार ११ बजेका लागि बोलाइएको हो ।
उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याइने भएको छ ।
कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको जानकारी दिए ।
उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा संसदीय दल नेता चयनका लागि सहमति जुटाउन छलफल भइरहेको छ। कांग्रेसमा ३८ जना सांसद छन्।









Facebook Comments