काठमाडौं । काठमाडौँ मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा आज बिहानदेखि भत्काउन शुरु गरिएको छ ।    

 
मनोहराका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन शुरु गरिएको हो । मनोहरा बस्तीमा ७ सय ७७ घरटहरा छन्। यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएको थिया।

ad

त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई केहीले अवरोध गर्दै ढुंगामुढा गरेका थिए । स्थानीय सुकुमवासीको आक्रमणबाट केही प्रहरी घाइते समेत भएका थिए । 

हिजो काठमाडौँ वडा नं ११ स्थित थापाथली र गैरीगाउँमा अतिक्रमित घरटहरा भत्काइएको थियो ।