• २ असोज २०८३, शुक्रवार
  • |
Logo site
  • २ असोज २०८३, शुक्रवार
Logo site
Logo
२ असोज २०८३, शुक्रवार
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • देश
  • प्रवास
  • मनोरञ्जन
  • स्वास्थ्य
  • छापाबाट
  • प्रबिधि
logo
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • देश
  • प्रवास
  • मनोरञ्जन
  • स्वास्थ्य
  • छापाबाट
  • प्रबिधि

Copyright 2025Deshantar News- All right reserved

लोकतन्त्र दिवसको अवसरमा नेपाल व्यापार संघद्वारा रक्तदान कार्यक्रम

User Photoदेशान्तर४ महिना अगाडि
काठमाडौँ – “रक्तदान जीवनदान, रक्तदान महादान” भन्ने नारासहित नेपाल व्यापार संघद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
 
संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहलमा २१ औँ लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौँको महाबौद्धस्थित गणेश मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको थियो। मानवसेवामूलक उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रममा करिब एक सय जनाले रक्तदान गरेका छन्, जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा प्राविधिक सहयोग T.U. Lions Blood Transfusion and Research Centre ले प्रदान गरेको थियो।
 

 संघका अध्यक्ष गिरिराज पोखरेलसँगै कार्यक्रमका संयोजक तथा संघका उपाध्यक्ष किशोर कुमार गौतमले स्वयं रक्तदान गरी कार्यक्रमको शुभारम्भ तथा नेतृत्व गरेका थिए। उनीहरूको सक्रिय सहभागिताले अन्य सहभागीहरूलाई पनि प्रेरित गरेको थियो।

संयोजक गौतमले रक्तदानजस्तो पुण्य कार्यमा सहभागी भई कार्यक्रमलाई सफल बनाउने सम्पूर्णप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। त्यस्तै अध्यक्ष पोखरेलले व्यवसायसँगै समाजप्रतिको दायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रममार्फत जनचेतना फैलाउने प्रयास जारी रहने बताउनुभयो । साथै अध्यक्ष पोखरेलले नेपाल व्यापार संघको नयाँ कार्यसमितिले गरेको यो पहिलो समाजिक कार्यमा उल्लेख्य सहभागिता रहकोमा सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरे । 

ad

कार्यक्रममा निवर्तमान अध्यक्ष हरि गौतमले नयाँ कार्यसमितिले आफ्नो पहिलो कार्यक्रममै सामाजिक उत्तरदायित्वप्रति उच्च प्रतिबद्धता देखाएको भन्दै प्रशंसा गरेका छन्। उहाँले रक्तदानजस्तो मानवीय कार्यले संस्थाको गरिमा अझ उचो बनाएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

आयोजकका अनुसार कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित र अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम सम्पन्न गर्नमा संस्थाका पदाधिकारीहरु कटिबद्ध भएर लागि परेका थिए । जसमा संस्थाका प्रथम उपाध्यक्ष जयकृष्ण शर्मा, प्रथम उपाध्यक्ष पार्वती पौडेल भट्ट, सचिव उद्धव प्रसाद गौतम, महासचिव ज्योति कुमार श्रेष्ठ, उपमहासचिव दिपक प्रसाद सापकोटा, जगन्नाथ खनाल, सचिव प्रितमराज पाठक, सदस्य महेशमित्र पण्डित, कार्यालय सचिव प्रतिमा गिरी लगायतका संस्थाका पदाधिकारीहरु कटिबद्ध भएर कार्यक्रममा विशेष भूमिका निर्वाह गरेका थिए ।

 
 


सम्बन्धित समाचार

Facebook Comments

लोकप्रिय

शिक्षासेवी विद्या लिम्बुको निधन

शिक्षासेवी विद्या लिम्बुको निधन

ज्वागलमा मध्यराति ‘पेस्तोल तेर्स्याइएको’ भनिएका डिजी को हुन्, अमरेशले कसरी पाए सूचना ?

ज्वागलमा मध्यराति ‘पेस्तोल तेर्स्याइएको’ भनिएका डिजी को हुन्, अमरेशले कसरी पाए सूचना ?

युट्युब पोडकास्टमा अर्नोल्ड डिक्स : ‘बाहिरबाट भयावह देखिए पनि सुरुङभित्र जीवन हुन सक्छ’

युट्युब पोडकास्टमा अर्नोल्ड डिक्स : ‘बाहिरबाट भयावह देखिए पनि सुरुङभित्र जीवन हुन सक्छ’

रसुवागढीसम्म सडक खुलाउन चीन, भारत र अमेरिकाबाट बेलीब्रिज ल्याइँदै

रसुवागढीसम्म सडक खुलाउन चीन, भारत र अमेरिकाबाट बेलीब्रिज ल्याइँदै

कांग्रेसको उम्मेदवार बन्दा लाग्ने शुल्क तोकियो, केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार

कांग्रेसको उम्मेदवार बन्दा लाग्ने शुल्क तोकियो, केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार

advertisement image
advertisement image
advertisement image

हाम्रो बारेमा

देशान्तर मिडिया प्रा. लि

ग्रावेटि टावर, अनामनगर - ३२ काठमाडौँ

+९७७९८५११४७८५६

mkt.radiodeshantar@gmail.com

www.deshantarnews.com


सूचना विभाग दर्ता नम्बर: १४७१/०७६–७७

सम्पादक: विष्णु प्रसाद देवकोटा (बिनय)

लोकप्रिय श्रेणीहरू

राजनीति

समाचार

अर्थ

खेलकुद

अन्तर्राष्ट्रिय

अन्तर्वार्ता

देश

प्रवास

मनोरञ्जन

स्वास्थ्य

छापाबाट

प्रबिधि

महत्वपूर्ण लिंक

हाम्रो टिम

सम्पर्क

विज्ञापन

प्राइभेसी पोलिसी

प्रयोगका सर्त

सामाजिक संजाल

©2025 Deshantar News - All rights reserved.