काठमाडौं । नेकपा (एमाले)ले सुकुम्बासी बस्तीमा डोजर चलाएर जबरजस्ती विस्थापन नगर्न सरकारलाई आग्रह गर्दै ‘गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि गरिएको अमानवलीय र असंवेदनशील व्यवहारप्रति कडा आपत्तिसहित घोर भर्त्सना गरेको छ ।

आज एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले प्रेस विज्ञप्ति जारी गरी सुकुम्बासी बस्तीमा बल प्रयोग नगर्न सचेत गराएको गराएका छन् । 

ad

सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग गाँसिएको उल्लेख गर्दै बलपूर्वक हटाउने उपायबाट समाधान गर्न खोज्नु दिगो र न्यायोचित नहुने जनाएको छ। ‘बल प्रयोग, राज्यको संस्थागत धम्की तथा संवादविहीन एकपक्षीय निर्णयहरू मानवीय तथा कानुनी दुवै दृष्टिले अनुपयुक्त र आपत्तिजनक छन्,’ विज्ञप्तिमा भनिएको छ। 


सुकुम्बासी समुदाय तथा नगारिकमाथि अन्याय हुने कुनै पनि कदमको सशक्त विरोध गर्ने एमालेले जनाएको छ। ‘बल प्रयोग गरेर सुकुम्बासी समुदायलाई विस्थापित गराउँदा गम्भीर विवाद सिर्जना हुनसक्ने विषयप्रति समेच रहन र संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी मूल्य र मान्यता, हाम्रो संवैधानिक रुपमा व्यवस्था गरिएका मौलिक अधिकारहरूको गम्भीर उल्लघंन नगर्न हामी खबरदारी गर्दछौँ,’ एमालेले विज्ञप्तिमा उल्लेख गरेको छ ।