काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय, सानेपामा जारी छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसदीय दलको संशोधित विधानबारे छलफल भईरहेको छ ।

बिहीबार सांसदहरूले संसदीय दलको विधान संशोधन गरी अनुमोदनका लागि पार्टीमा बुझाएका थिए। आजै कांग्रेसले संसदीय दलको नेता समेत चयन गर्ने भएको छ । बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म मनोनयन दर्ताको समय दिइए पनि उक्त समय अपराह्न ३ बजेपछि  सारिएको छ । 

ad