काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले लोकतन्त्रको विकल्प अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र भएको बताएका छन् । 


लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र आवश्यक रहेकोमा जोड दिए । 

ad

सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नभई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै साझा दायित्व भएको सन्देशमा उल्लेख गरेका छन् । 

उनले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताए ।