
व्यवसायी शेखर गाेल्छा काठमाडाैंकाे नक्सालबाट पक्राउ परेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रहेका गोल्छालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो ।
हिमालयन रि–इन्स्योरेन्सको शेयर खरिद तथा बदमासीको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।
गोल्छा रि–इन्स्योरेन्सका पूर्वअध्यक्ष हुन् । हिमालयन रि–इन्स्योरेन्स प्रकरणमा उनी विवादमा मुछिएका थिए ।










Facebook Comments