काठमाडौँ । अब विदेशमा दर्ता भएका सवारी साधनको बीमा नेपालभित्रै गर्न सकिने व्यवस्था लागू गरिएको छ।नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै यस्तो सवारी साधनका लागि बीमा सुविधा खुला गरेको जनाएको हो।

नयाँ व्यवस्थाअनुसार विदेशी नम्बर प्लेट भएका तर नेपालभित्र सञ्चालनमा रहेका सवारी साधनले बीमा गराउन सक्नेछन्। यद्यपि, यो सुविधा मोटर बीमाअन्तर्गत तेस्रो पक्ष बीमामा मात्र सीमित रहने प्राधिकरणले स्पष्ट पारेको छ।

ad

प्राधिकरणका अनुसार यस निर्णयले नेपालभित्र चल्ने विदेशी सवारीबाट हुने सम्भावित क्षतिमा तेस्रो पक्षलाई संरक्षण दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सीमापार आवागमन बढ्दै गएको सन्दर्भमा बीमा दायरालाई व्यवस्थित बनाउने उद्देश्य पनि राखिएको जनाइएको छ।