काठमाडौं । प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार जीप आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् ।
दिउँसो १ बजे प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ । प्युठानको भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा ५ बालबालिका सवार थिए ।
अधिकांश घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका निम्ति बुटवल पठाइएको छ । जीपका चालक भने नेपाली नागरिक भएको र उनी पनि घाइते छन् ।









Facebook Comments