
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेता चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
आज दिउँसो २ बजे मतदाता नामावली सार्वजनिक गरिएको छ ।
कार्यतालिका अनुसार भोलि शुक्रबार बिहान ११ देखि १२ बजेसम्म उमेदवारी दर्ता गर्ने, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
मतदान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुने समिति संयोजक प्रकाश स्नेहीले जानकारी दिए ।










Facebook Comments