काठमाडौं । श्रम संस्कृति पार्टीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था गर्न सुझाव दिएको छ ।

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ लाई श्रम संस्कृति पार्टीले आज लिखित सुझावमा ९ बुँदा समेटिएका छन् । पार्टी अध्यक्ष हर्क साम्पाङले सार्वजनिक गरेको सुझाव पत्रमा जनताद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति, कार्यकारी राष्ट्रपतिले नै पायकका व्यक्तिहरुलाई लिएर मन्त्रिपरिषद गठन गर्ने र मन्त्रिपरिषद चुन्दा सबै जाति, समुदाय र लिङ्गका आधारमा समावेशी प्रकार र चरिकको चुन्नुपर्ने छन् ।

ad

यसैगरी कार्यकारी प्रमुखका सीमा निर्धारण गर्ने, निरंकुशताको व्याख्या गर्ने, कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने र संसदमा महाअभियोग पास भए कार्यकारी प्रमुख पदमुक्त हुने व्यवस्था गर्नुपर्ने श्रम संस्कृति पार्टीको धारणा छ । यस्तै उक्त पार्टीले सबै जातजातिका नागरिकहरुलाई राज्यका सबै अंगहरुमा सहभागी गराउने, राजनीतिक पद तथा सेना, प्रहरी लगायत सबै कर्मचारी संयन्त्रमा सहभागी गराउने व्यवस्था मिलाउन पनि सुझाव दिएको छ ।