
काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेकपालाई जनताले घृणा गरेको नभई, नुवाइधुवाइ गरेर सफा भएर आउ भनेर सबक मात्र सिकाएको बताएका छन् ।
आज पार्टी कार्यालय, पेरिसडाँडामा मा आयोजित पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा निराशाको कुरा सुनाउने मान्छे आफ्ना अगाडी नआए हुन्थ्यो जस्तो लाग्ने गरेको पनि बताए । उनले छिटै कम्युनिस्ट पार्टीप्रति जनताको उभार छिटै आउने दाबी समेत गरे ।
उनले जसरी एउटा परिवारमा सबै पुस्ताका मानिस अपरिहार्य हुन्छ त्यस्तै समाज र पार्टीमा पनि हुने बताए । त्यसका लागि उनले पहिला आफ्नै पार्टी पुनर्गठित गर्ने भन्दै पार्टीमा बसेर रडाको गर्नेहरू नेता कार्यकर्तालाई बाटो लाग्न सुझाव दिए ।
उनले भने–‘ मैले त साथीहरूलाई भनेको छु ,सच्चिन चाहने जति हामीसँग बस्ने हो । नसच्चिने गए हुन्छ भनेको छु । पार्टीमा बसेर रडाको गर्ने चाही नबसे हुन्छ । आफ्नो बाटो लागे पनि हुन्छ ।










Facebook Comments