काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको बताए । अध्यक्ष थापाले नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । 

ad