
काठमाडौं । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङलाई राजीनामा गर्न तीब्र माग भईरहेको छ ।
उनले राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने माग भईरहेकै बेला रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न आज दिउँसो गृहमन्त्री गुरुङ लामिछानकै निवास बुढानीलकण्ठ पुगेका छन् । भट्टसँगको कनेक्सनको बिषयमा आलोचना हुने क्रम जारी रहेपछि गृहमन्त्री गुरुङले राजीनामा गर्ने तयारी गरिरहेको हल्ला समेत आज बिहानैदेखि चलेको छ ।
गृहमन्त्री गुरुङले लघुबीमा कम्पनीमा सेयर लगानीका सम्बन्धमा हिजो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका थिए । उनले उक्त सेयर ऋणमार्फत लिएको भनेका छन् ।










Facebook Comments