
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।
सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने– ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्ताको दुई तीन चोटी सुनिराखिन्छ। घरि के घरि के त्यसकारण उहाँले मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु।’
सोही क्रममा उनले सरकारलाई सुकुम्बासीलाई दमन नगरी व्यवस्थित गर्ने, सीमा क्षेत्रलाई प्राथमिकतामा राख्ने, धनीको मात्र यो देश हो भनेर नभइ सबै नेपाली जनताको यो देश हो भन्ने प्रत्याभूत गराउनेलगायतका ३३ बुँदे सुझाव समेत दिएका छन्।










Facebook Comments