
काठमाडौं । देशको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा उडान सञ्चालन अवरोधको समय थप गरिएको छ। विमानस्थलको रनवे र ट्याक्सी वे जोड्ने संरचनागत निर्माण कार्य जारी रहेकाले बन्द हुने समय बढाइएको हो।
नयाँ तालिका अनुसार आजदेखि आगामी जेठ ४ गतेसम्म विमानस्थल राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म पूर्ण रूपमा बन्द रहनेछ। यसअघि विमानस्थल राति १ बजेदेखि बिहान ६ बजेसम्म मात्र बन्द हुँदै आएको थियो।
विमानस्थल कार्यालयका अनुसार निर्माण कार्य समयमै सम्पन्न गर्न आवश्यक भएकाले उडान अवरोध अवधि करिब थप दुई घण्टा बढाइएको हो। यस अवधिमा नियमित अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित हुने भएकाले यात्रुहरूलाई समय व्यवस्थापन गर्न आग्रह गरिएको छ।
विमानस्थलका प्रवक्ताका अनुसार संरचनागत सुधार अन्तर्गत रनवे र ट्याक्सी वे जोड्ने खण्डको काम बाँकी रहेकाले सुरक्षा र प्राविधिक कारणले बन्द अवधि बढाउनु परेको हो। उनले निर्माण कार्य पूरा भएपछि उडान सञ्चालन अझ सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको बताए।










Facebook Comments