
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ ।
प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गरि मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनु पर्ने माग पनि गरिएको छ ।
पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ, विज्ञप्तिमा भनिएको छ– मन्त्री पदको ओहोदामा बसेर रहेर आफ्नैविरुद्ध छानविन हुन सक्दैन,यो आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत छ ।
विज्ञप्तिमा मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।
मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने समेत विज्ञप्तिमा उल्लेख छ । सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै किन्तु–परन्तु, सम्झौता वा ढिलासुस्ती स्वीकार्य हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।










Facebook Comments