
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचित सांसद तथा गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको समाचार बाहिरिएपछि रास्वपाले छानविनलाई तीब्र बनाएको छ ।
यदि गुरुङ दोषी ठहरिएमा कारबाही गर्ने बिषयमा पार्टीभित्र छलफल भईरहेको रास्वपाका नेताहरुले बताएका छन् ।
गुरुङमाथि लागेको आरोपबारे आन्तरिक छानबिन गर्ने गर्न पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबिच आज बिहान कुराकानी समेत भएको बताइएको छ । यस बिषयमा आज दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकमा पनि छलफल हुने र आवश्यक निर्णय लिने तयारी भएको रास्वपा निकट स्रोतले जनाएको छ ।
यस अघि पनि रास्वपाले विवादमा परेपछि तत्कालीन श्रममन्त्री दीपक साहलाई बर्खास्त गरेको थियो । आफ्नी पत्नीलाई स्वास्थ्य बीमा बोर्डमा पुनः नियुक्ति दिलाएपछि साह विवादमा तानिएका थिए ।










Facebook Comments