काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक  आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा विभिन्न नेताहरुविरुद्ध प्राप्त उजुरीहरुबारे छलफल हुने छ ।

यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउ परेको विरोधमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेलगत्तै कांग्रेसले खड्कासँग सात दिने स्पष्टीकरण सोधेको थियो ।

ad

खड्कालाई वैशाख २ गते बसेको अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको हो । यस बिषयमा पनि समितिको बैठकमा छलफल हुने बताइएको छ ।