
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई गर्ने निर्णय गरेको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
यस विभागमा यसअघि सभामुख डीपी अर्याल थिए। तर, पार्टी उपसभापति अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएर पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका थिए। त्यसपछि उक्त पद खाली थियो।










Facebook Comments