काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षका नेताहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेका छन् । उनीहरु शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा समेत नजाने निर्णयमा पुगेका छन् ।

आज  डा. कोइरालाको सचिवालय विशालनगरमा निवर्तमान उपसभापति धनराज गुरूङले छलफल राखेका थिए। डा. कोइराला भने विराटनगरमा रहेकाले उनी बैठकमा सहभागी हुन सकेनन् । उक्त छलफलमा पूर्वमहामन्त्री शशांक कोइरालासहित उनी पक्षका नेता तथा सांसदहरू पनि उपस्थित थिए।

ad

छलफलमा  निवर्तमान सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलियालगायतको सहभागिता रहेको थियो ।