
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कतिपय नेताहरुले पार्टी पुनर्गठनको लागि नेतृत्वलाई दबाब बढाईरहेको अवस्थामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन्।
महामन्त्री धवल शम्शेर राणाले एक साताभित्र महाधिवेशन मिति घोषणा गर्न अल्टिमेटम दिंदै महाधिवेशन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोजक समिति बनाउनुपर्ने माग गरिरहँदा अध्यक्ष लिङ्देनले आज फेसबुकमा ‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने बताएका छन् ।
उनले लेखेका छन्–‘राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्कदैन ।’
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ सिट जितेको छ ।










Facebook Comments