
काठमाडौं । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कार्यसमितिलाई अधिकारिकता प्रदान गर्ने सर्वोच्च अदालतको फैसला देउवा पक्षले स्वीकार गर्ने निष्कर्ष निकालेको छ।
शनिबार बसेको देउवा पक्षको बैठकपछि नेता मीन विश्वकर्माले पार्टीभित्र मतभेद रहे पनि स्वतन्त्र न्यायपालिकाले गरेको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
’नेपाली कांग्रेसले न्यायालयले गरेको फैसलालाई सधैं आत्मसात गर्दै आएको छ। फैसलामाथि पर्याप्त असन्तुष्टिका आधार हुँदा हुँदै, केही आधारहरू विवादास्पद हुँदाहुँदै आदेश स्वीकार गर्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने।
उनले कांग्रेस सभापति गगन थापा भएको र पार्टी एकताको टुंगो लगाउने जिम्मेवारी पनि उनैको काँधमा आएको बताए।










Facebook Comments